१३ पुष,काठमाडौं – नेपाल आयल निगमले एक वर्षमा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।
गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको जनाइएको छ । आर्थिक वर्ष ७६र७७ मा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।
पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हुँदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हुँदा नाफा बढेको निगमले जनाएको छ । लेखा परिक्षण विवरणअनुसार पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा मात्रै १० महिनामा निगमलाई एक अर्ब ४७ करोड रुपैयाँ नाफा भएको छ । यस्तै ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको लेखा परीक्षण रिपोर्टमा उल्लेख छ ।
यस अवधिमा निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजश्व बुझाएको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar