११ पुष,काठमाडौं – पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमै फूटनजिक पुगिसकेको हुँदा तल्लोतहसम्म पनि त्यसले प्रभाव पारेको छ ।
नेकपा पार्टीको विवाद हाल केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म पनि सङ्गठनात्मकस्वरुप दुईचिरा पर्न थालिसकेको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आन्तरिक छलफलनै नगरी संसद् विघटन गरेसंगै पार्टीमा आएको विवादले नेकपा औपचारिक रुपमै फूटनजिक पुगिसकेको हुँदा तल्लोतहसम्म पनि त्यसले प्रभाव पारेको नेकपा नेताहरुले नै बताउदैं आएका छन् । त्यसपछिको अवस्थामा घटनाक्रम तलमाथि नभए वा गठबन्धन नभएर फूटेको नेकपा निर्वाचनमा गएभने जिल्लागत रुपमा ओली र प्रचण्ड-नेपाल समूहबीच को बलियो र कमजोर भन्ने आंकलन समेत अड्कलवाजी सुरु भएको छ ।
यस्तो छ जिल्लागत् स्थिति :
पछिल्लो समय नेकपा पार्टीमा देखिएको विवाद पछिको आंकलन हेर्दा ४१ जिल्लामा प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ । जसअनुसार अछाम, उदयपुर, ओखलढुङ्गा, कञ्चनपुर, कालीकोट, कैलाली, गोरखा, चितवन, जाजरकोट, जुम्ला, डडेल्धुरा, डोटी, दाङ्ग, दैलेख, धादिङ्ग, नुवाकोट, पर्सा, पाल्पा, प्यूठान, बझाङ्ग, बर्दिया, बाँके, बाग्लुङ्ग, बाजुरा, बैतडी, भोजपुर, मकवानपुर, महोत्तरी, मुगु, मोरङ्ग, म्याग्दी, रामेछाप, रुकुम, रोल्पा, रौतहट, सप्तरी, सर्लाही, सल्यान, सिन्धुपाल्चोक, सिन्धुली र सुर्खेत गरी ४१ जिल्लामा प्रचण्ड–नेपाल समूह बलियो देखिएका हो ।
त्यस्तै ओली समूह भने ३४ जिल्लामा मात्र बलियो देखिएको छ । जसअनुसार अर्घाखाँची, ईलाम, कपीलवस्तु, काठमाण्डौ, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ्ग, गुल्मी, झापा, डोल्पा, तनहुँ, ताप्लेजुङ्ग, तेह्रथुम, दार्चुला, दोलखा, धनकुटा, धनुषा, नवलपरासी, पर्वत, पाँचथर, बारा, भक्तपुर, मनाङ्ग, मुस्ताङ्ग, रसुवा, रुपन्देही, लमजुङ्ग, ललितपुर, सङ्खुवासभा, सिरहा, सुनसरी, सोलुखुम्बु, स्याङ्जा र हुम्ला समेत गरी ३४ जिल्लामा मात्र ओली समूह बलियो देखिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar