११ पुष,काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलो चरम उत्कर्षमा पुगेर विभाजनको संघारमा पुगेका बेला चिनिँया कम्युनिष्ट पार्टीका उपमन्त्रीसहित उच्च प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने छ । नेपालमा पछिल्लो उत्पन्न राजनीतिक परिस्थितीमा चासो राख्दै प्रीतनिधिमण्डल नेपाल आउन लागेको बताइएको छ ।
उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले चार दिन नेपालमा रहने क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।
नेपालको उतार चढाव राजनीतिमा पछिल्लो समय चीनको सक्रियता पनि बढ्दो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar