९ पुष,काठमाडौं – विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठनको विकल्प रहेसम्म संसद विघटन हुन नसक्ने ठोकुवा गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको उल्लेख गरेका हुन् ।
संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar