८ पुष,काठमाडौं – सरकारले बेलायतबाट र त्यहा भएर आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । बेलायतमा निक्कै कडाखालको कोरोनाभाइरस देखिएपछि विश्वका अधिकाशं देशले त्यहाबाट आउने विमान र यात्रुलाई प्रवेशमा रोक लगाइसकेका छन् । बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै उक्त देशबाट नेपाल आउन निषेध गरेको नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले सम्बन्धित वायुसेवाका लागि जारी गरेको एक सूचना अनुसार बेलायबाट कुनै पनि यात्रु नल्याउन र ट्रान्जिटसमेत निषेध गरिएको छ । यो सूचना प्राधिकरणले नेपालबाट उडान गर्ने र नेपाल आउने विदेशी वायुसेवाका लागि जारी गरेको छ ।
नेपालमा उडान गर्ने विभिन्न २६ वटा अन्तर्राष्ट्रिय वायुसेवाका लागि प्राधिकरणले सूचना जारी गरेको हो । प्राधिकरणले ८ पुस २०७७ (बुधबार) देखि अर्को सूचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल यात्रा गर्न निषेध गरेको उल्लेख छ । नेपालबाट हाल हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमले मात्रै अन्तर्राष्ट्रिय उडान गर्छन् । यी दुवै वायुसेवाले बेलायत उडान गर्दैनन् । अन्य विदेशी वायुसेवाले भने ट्रान्जिट बनाउन सक्ने र यात्रु ल्याउन सक्ने भएकोले नेपालले सुरक्षा सचेतनाका लागि सम्बन्धित वायुसेवालाई सूचित गराएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
मंगलबार अपरान्ह बसेको कोभिड–१९ नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिले प्रवेशमा रोक लगाउदै पुष १ गते यताबाट नेपाल आएकालाई अनिवार्य सात दिन क्वारेण्टाइनमा बस्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले पुष १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेण्टाइन बसी जाँच गरेपछि मात्र घर वा गन्तब्य जान अनुरोध गर्ने निर्णय भएको सुनाए । यस्तै अब नेपाल आउनेले अनिवार्य १० दिन होटल क्वारेण्टाइन बसी परिक्षण गरेर मात्र घर जान पनि अनुरोध गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar