८ पुष,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र संस्थापन पक्ष र निर्वाचन चिन्ह लने लडाई शुरु भएको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आधिकारिकताको लडाईँ शुरु भएको हो । अनौपचारिक रुपमा विभाजन भईसकेपनि दुवै पक्षले आफुहरु नै आधिकारिक संस्थापन पक्ष भएको दावी गरेका छन् । ओली र दाहाल–नेपाल पक्षले मंगलबार राजधानीमा छुट्टा छुट्टै आफु पक्षका केन्द्रीय सदस्यको भेला गर्दै आधिकारिक भएको बताए । मंगलबार विहान ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएको थियो । बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओलीपक्षीय समूहका प्रवक्ताको नयाँ जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बैठकले अध्यक्ष ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो । यसअघि माघमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । ओली पक्षको बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । ओली पक्षले नेकपाका कुनै पनि नेतालाइ नहटाई नयाँ केन्द्रीय सदस्यमात्र थप गरेको छ । जसअनुसार मौजुदा ४४७, मनोनित ५५६ गरी हाल १ हजार ७ सदस्यीय केन्द्रीय कमिटी बनाएका हुन् । बाँकी रहेका १९६ जना केन्द्रीय सदस्य पछि थप गरिने बताएका छन् ।
त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्य थप गरिएका मध्ये अधिकाशं पूर्वएमालेका नेता कार्यकर्ता रहेका छन् । ओली पक्षमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायतका नेता सहभागी भएका छन् । भेलाले बुधबार सातै प्रदेशमा बृहत कार्यकर्ता भेला गर्ने र केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरेको छ । बुधबार भेला गरेपछि विहिवार पुनः केन्द्रीय समितिको बैठक बोलाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar