छातीविषे भेट्तछु
१. जो छन् उद्यमशील नित्य उनले प्रारब्ध बिम्झाउँछन्
जो आलस्यविषे हुनन् प्रगतिको टेको कहाँ चढ्दछन् ?
जत्रा हुन् जतिपल्ट नै किन नहुन् वाधाहरू हट्दछन्
इच्छाशक्ति र कर्मशक्ति दरिलो पार्नेहरू उठ्दछन्!
२. मायामोह घटाउने प्रण गरून् संसारका मानिस
जे हो लक्ष्य विवेकसाथ म बढूँ मिल्ला कतै आशिष !
भित्री चिन्मय शक्तिको भर परूँ सोचूँ स्वयं मन्मन
हट्छन् नित्य निराशका जहरिला दुर्भाविला ती वन।।
३. सारा सभ्य समाज – मूल्य छ कता खोजूँ स्वयं पाउँछु
सिङ्गो विश्व रमाउने मधुरता छातीविषे भेट्तछु ।
साँच्चै रम्छु पराक्रमी मनुजको देखेर झन् उद्यम
श्रद्धाभाव छ साथमै यदि भने सेोभाग्य हो संयम!
शार्दूलविक्रीडित छन्दमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar