७ पुष,काठमाण्डौ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगभग फुटेकै अवस्थामा पुगेको छ । बाँकी छ मात्रै औपाचारिक घोषण । मंगलबार बस्न लागेको केन्द्रीय समिति बैठक पनि दूई पक्षले छुट्टा छुट्टै डाकेका छन् ।
प्रधानमन्त्री पक्षले बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ भने प्रचण्ड–नेपाल पक्षले बबरमहलस्थित कार्की बैङक्वेटमा बैठक बोलाएको छ । बैठकको दुवै पक्षले आफ्ना निकटकालाई छुट्टा छुट्टा छुट्टै बोलाएका हुन ।
ओली पक्षले बिहान ९ बजेका लागि बैठक बोलाएको छ भने प्रचण्ड – नेपाल पक्षले दिउँसो १ बजेका लागि बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै उत्पन्न जटिल परिस्थितिले नेकपाका नेताहरूलाई अलग्याउने लगभग निश्चित भइसकेको थियो ।
मंगलबार बोलाइएको छुट्टा छुट्टै केन्द्रीय समिति बैठकले लगभग नेकपा फुटिसकेको संकेत गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र पार्टीको केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत सदस्य संख्या भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ । तर, प्रधानमन्त्री ओलीको पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य छन् ।
प्रधानमन्त्री ओलीले मंगलबारको बैठकबाट दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बताएको छ । स्रोतकाअनुसार ओलीले दल विभाजनका लागि ३० प्रतिशत केन्द्रीय सदस्य भए पुग्ने गरि अध्यादेश ल्याउने तयारी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar