५ पुष, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका छन् । आज आइतबार उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
हिजो शनिबार नेकपाभित्र विवाद कायमै रहेका वेला राष्ट्रपति भेट्न ओली शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।
पछिल्लो समय ओलीको शिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि राष्ट्रपति पनि विवाद परेकी छिन् । अन्य अध्यादेश महिनौ रोकिने राष्ट्रपति कार्यलयमा उक्त अध्यादेश जारी भएपछि तरंग नै पैदा भयो । कतिपयले राष्ट्रपति प्रधानमन्त्रीको इशारामा चलेको भन्ने आरोप पनि लगाइरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar