२०७८ बैशाख ९, बिहिबार
हेरूँ न तारागण!
१. लीला हेर्छु सुरम्य छिन् प्रकृति ता हुन् सिर्जनाकी बल
धर्ती नै कति दिव्य छिन् जल जहाँ देख्तै छु झन् निर्मल।
न्यानो सूर्य उदाउने जुन घडी सेोन्दर्यशाली क्षण
लालीमा म त हेर्छु रम्दछु झनै थाल्दै छु क्यै कल्पन!
२. नेपाली वनकुञ्ज पर्वत छटा झर्नाहरू हेर्छु म
सेतो उच्च हिमालका लहरमा आदर्श झन् देख्छु म।
कोशीको कलनाद गण्डक नदी भेरी महाकालिका
द्येोरालीतिरका अनेक मनमा छन् सत्य आलोकका।।
३. पाहाडी वन, खेत , फाँट र गरा, बेसी- तराईतिर
रम्ने जीवनभित्र पस्दछु स्वयं उस्तै छ प्यारो घर।
आफ्नै जीवनमूल्य पाउँछु यिनै पाखापखेराभरि
नेपाली मन दिव्य लाग्छ मधुरो सत्प्रेम छन् मन्भरि।।
४. सूर्जे दर्शनको मजा छ नि जहाँ यो लेक त्यो लेकको
बाला झुल्छ जताततै समथली बेसीविषे धानको ।
लाली छन् नि गुराँशका मखमली बास्नाहरू छन् कति
सिङ्गो सृष्टि यतै रमे सरहको भेटिन्छ झन् सद्मति!
५. नेपाली वनका असङ्ख्य लहरा पन्छी अनेकेोँ थरी
जल्ले हेर्दछ चित्त बुझ्छ उसको जानूँ बुझूँ राम्ररी।
हामी सङ्लनुपर्छ स्वच्छ मनले हेरूँ न तारागण!
लीला हो प्रभु रामकै दिल छुने बन्ने त हो सज्जन!!
शार्दूलविक्रीडित छन्दमा
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com