• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayugCorona Virussubhayug.comकेपी शर्मा ओलीनेकपाwww.subhayug.comनेपाल कम्युनिष्ट पार्टीप्रचण्ड
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा

३ दिन अघि
२

जीवन दीर्घकालतक नै आनन्द हो

३ दिन अघि
३

माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि

३ दिन अघि
४

केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते

४ दिन अघि
५

त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

४ दिन अघि
६

जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

४ दिन अघि
७

मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

४ दिन अघि
८

अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

४ दिन अघि
९

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

४ दिन अघि
१०

संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै

४ दिन अघि
११

आज माघे संक्रान्ति, घिउ,चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै

५ दिन अघि
१२

मन्त्रीले ओगटे सार्वजनिक बन : बनाय पक्की घर

५ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    १ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ हफ्ता अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ३ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ हफ्ता अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ४ दिन अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ३ महिना अघि
  • Miss-nepals७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ४ दिन अघि
  • artha mantralaya surendra pandey८

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ३ महिना अघि
  • rape photo milapatra९

    जनप्रतिनिधिकै आफन्त बलत्कारी परेपछि ५ लाखमा मिलापत्र : रकम नदिएपछि पिडित पक्ष प्रहरीमा पुग्यो

    ३ महिना अघि
  • heli१०

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

    ४ दिन अघि
  • सुगर मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २, बिहिबार (१ महिना अघि)
  • १०३ पाठक संख्या
  • ukhu kishan

    २ पुष,काठमाडौ – आन्दोलनरत उखु किसानको बक्यौता रकम भुक्तानी नदिएका चार वटा सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारी अनुसार चार वटा मिलका सञ्चालकविरुद्ध बुधबार बिहानै पक्राउ पुर्जी जारी गरेको हो ।  रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा, अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको हो ।

    प्रहरी प्रधान कार्यालय स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।

    जिल्लाबाट पत्र आएपछि बुधबार दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा काठमाडौंमा प्रहरी जुटे पनि कतै फेला पार्न सकेन । मुलुकी अपराध संहिता २०७४ को दफा १४९ मा ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी नोक्सानी वा क्षति पु¥याएमा वा आफ्नो वा अरू कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ’ भनिएको छ ।

    यस्तो ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै कागज गराएको रहेछ भने लिखत बमोजिम नै ठगी गर्नेले सोही बमोजिमको रकम तिर्नुपर्नेछ भने संहिताअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

    मंगलबार गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही तथा सम्वन्धित मन्त्रालयका सचिव सम्मिलित बैठकले किसानलाई बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिल सञ्चालकविरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र सुगर मिल रहेका जिल्लास्थित प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

    बैठकको निर्देशनपछि बुधबार दिउँसै गृहले उखु मिल रहेका जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयलाई मुलुकी अपराध संहिता–२०७४ को ठगी सम्बन्धी कसुरमा पक्राउ गरी कारबाही चलाउन परिपत्र गरेको थियो ।

    सोही परिपत्र पछि प्रहरीले चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गृह प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पुर्जी जारी गरिएका बाहेक अन्य केही सुगर मिलले पनि बक्यौता भुक्तानी गर्न बाकी रहेको तर त्यो रकम सानो अंकमा भएकोले सञ्चालकहरूले छिट्टै आवश्यक प्रक्रिया मिलाएर किसानको खातामा रकम पठाउने प्रतिबद्धता जनाएका छन् ।

    किसानलाई बक्यौता नदिने सुगर मिल सञ्चालकहरूले सरकारबाट प्रतिक्वीन्टल ६५ रुपैयाँका दरले अनुदान लिएको, भारत र चीनबाट चिनी आयात रोक्न लगाएर मूल्यवृद्धि गर्दै प्रति केजी ९३ रुपैयाँसम्म पु¥याएको, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने नाममा अर्थ मन्त्रालय र राजनीतिक दबाबमा बैंकहरूबाट लगानी गर्न लगाएको तर फाइदा लिएर कतिपय उद्योग बन्द भएको र उल्टै किसानलाई ठगी गर्ने नियत देखिएकोले अब कुनैपनि हालतमा उनीहरूलाई उन्मुक्ति नदिने गरी कारबाही गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    यसअघि उखुको रकम भुक्तानी नगरेकै कसुरमा गृहको निर्देशनपछि प्रहरीले अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक अग्रवाललाई ०७५ कात्तिक १४ गते त्रिपुरेश्वरबाट पक्राउ गरेको थियो । पछि बक्यौता भुक्तानी गर्ने सहमतिपछि उनी छुटेका थिए ।

    ०७० देखि ०७६ को अवधिमा किसानबाट उखु लिए पनि लुम्बिनीले करिब साढे आठ करोड, इन्दिराले करिब पाँच करोड, अन्नपूर्णले करिब १७ करोड र श्रीरामले करिब २६ करोड रुपैयाँ रकम भुक्तानी दिएको छैन ।

    सुगर मिल सञ्चालकहरूले उखु खरिदबापतको रकम भुक्तानी नदिएपछि किसानहरू काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । गतवर्ष पनि यसरी नै आन्दोलनमा उत्रिएपछि सरकार र उखु किसानबीच बक्यौताबापतको रकम ०७६ माघ ७ गतेभित्र ब्यापारीले भुक्तानी गरिसक्नुपर्ने सहितको पाँच बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    यसपटक भने किसानहरू रकम नआएसम्म वार्तामा पनि नबस्ने अडानमा रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा

  • माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि

  • त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

  • जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास


  • समाचार
  • १

    संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा
    ३ दिन अघि

  • २

    जीवन दीर्घकालतक नै आनन्द हो
    ३ दिन अघि

  • ३

    माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि
    ३ दिन अघि

  • ४

    केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते
    ४ दिन अघि

  • ५

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी
    ४ दिन अघि

  • ६

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास
    ४ दिन अघि

  • ७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?
    ४ दिन अघि

  • ८

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’
    ४ दिन अघि

  • ९

    नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि
    ४ दिन अघि

  • १०

    संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    nagdhunga sisnekhola surung
    ५ दिन अघि

    नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    २

    उच्छ्रिङ्खल गतिविधिका कारण ट्रम्पको ट्वीटर अकाउन्ट लक

    Biden
    ३

    ‘यो विद्रोह हो’ : नवनिर्वाचित राष्ट्रपति बाइडेन

    Donald Trump
    ४

    अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटनमा कर्फ्यू !

    राष्ट्रपति डोनाल्ड ट्रम्प
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution