३० मंसिर, विराटनगर । प्रहरीले मोरङबाट ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको छ ।
मोरङको धनपालथान गाउँपालिकाबाट भारतबाट भन्सार छलेर ल्याइएको ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार भारतबाट भन्सार छलेर ल्याइएको उक्त चिनी एक लाख ४७ हजार मूल्य बराबरको रहेको छ ।
सोमबार बेलुका धनपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल पक्राउ गरिउको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी मानबहादुर राईले जानकारी दिए ।
त्यस्तै उनिहरुको साथबाट प्रहरीले गोदाम परिसरबाट को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar