२८ मंसिर, काठमाडौं – नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा नारायणकाजी श्रेष्ठमाथी अनावश्यक प्रचार भएको बताएका छन् ।
आज (आईतवार) बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले कमानसिं लामा र हाइड्रोपावरको विवादमा, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथी अनावश्यक प्रचार भएको बताएका हुन् ।
प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न समेत आग्रह गरेका छन् ।
त्यस्तै आजको स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar