२०७७ माघ १३, मंगलबार

१. मन्मा शान्ति भयो भने भुवन हो आनन्दिलो धाम यो
आफैभित्र अशान्ति भो यदि भने हो जिन्दगी भार यो।
जो आपत्तिविषे हुनन् सहृदयी आफन्त ती मान्छु म
जल्ले भाव नि दिन्न रक्त हुनुको सम्बन्ध के भन्छु म।।
२. मैत्री भाव भयो भने नजिकको सम्बन्ध बढ्ने त हो
आनन्दी मनबाट प्रीतिरसको नाता जुरेको त हो।
प्रेमी ईश्वर जीवका हृदयमा आएर बस्छन् सदा
बन्छन् नाथ अनाथको पनि उनी आफन्त हुन् सर्वदा।।
३. तेस्रो नेत्र खुलाउने पनि उनै भोले त हुन् शङ्कर
ज्ञानीबाट छ विश्वमा हित हुने कल्याणकारी बल।
जो संवेदनशील हुन्छ उसमा कर्तव्यको बोध छ
जो पाषाणसमान चित्तरसमा हिड्ला कहाँ मूल्य छ?
४. छाती विस्तृत हुन्छ त्यो मनुज हो सेवा दिने गर्दछ
घाती हुन्छ, छ चित्त छुद्र छ भने विश्वासिलो हुन्छ त?
हेरूँ! दृष्टि निजत्वपूर्ण पनि होस् आत्मीयता झन् रहोस्
आत्माबाट विवेक राख्दछ भने हार्दैन यो ख्याल होस्।।
शार्दूलविक्रीडित छन्दमा
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com