२७ मंसिर,काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो शुक्रबार गरिएको पीसीआर परिक्षणमा सिटौलाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । सिटौला सचिवालयका अनुसार पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
सिटौलाले पनि सामाजिक सञ्जालमार्फत् आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड परिक्षणबाट मलाई संक्रमण देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
त्यस्तै सिटौलाले आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको समेत जानकारी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar