२७ मंसिर,पर्सा – पर्सामा आज (शनिवार) बिहान एक पुरुषको शव फेला परेको छ ।
बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने पर्साको वीरगञ्ज-३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो ।
सोनारको गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको छ । रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको समेत एसपी पन्तले आशंका गरिन् ।
‘घटनास्थलको प्रकृति हेर्दा कर्तव्य गरी मारेको जस्तै देखिन्छ,’ ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ एसपी पन्तले बताईन् । गत मंसिर २५ गते साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । हिजो शुक्रबार नै सोनारको भाञ्जीको बिहे समेत थियो ।
पैसाका लागि उनको हत्या भएको हुनसक्ने एसपी पन्तले आंशका व्यक्त गरिन् । विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar