२६ मंसिर,काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका राजदूत प्रिटी एन्टिनिबीच आज शिष्टाचार भेट भएको छ ।
आज शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री र राजदूत बीच शिष्टाचार भेटका क्रममा मन्त्रीले पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध रहेको बताउँदै सहकार्य जारी रहने बताएका थिए । सोही क्रममा अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीे नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।
राजदूत एन्टिनिले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारे समेत जानकारी गराएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar