अफगानिस्तान – अफगानिस्तानमा अफगान सेनाको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।
अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित् समाचार अनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानी मारिएका हुन् । समाचार अनुसार ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ । त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए । पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता शुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।
तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar