२५ मंसिर,मकवानपुर – राप्रपा अध्यक्ष कमल थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलले दलगत स्वार्थ केन्द्रीत भएको आरोप लगाएका छन् ।
आज बिहिवार राप्रपा मकवानपुरले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सार्वभौम राष्ट्रिय अखण्डताको संरक्षण गर्न राजनीतिक दलहरुको इमान्दारीताभन्दा दलगत स्वार्थ भएको आरोप लगाएका हुन् । उनले सडकको जुलुसको भीडले नभइ संविधानको संरचनाभित्रै रहेर जनताको अभिमतबाट परिवर्तन गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
त्यस्तै सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य विजय खड्का र केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले मुलुकमा बढ्दै गइरहेको हत्या हिंसालाई निरुत्साहित तुल्याउन सरकारले प्रभावकारी कानून ल्याउन नसकेको आरोप लगाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar