२४ मंसिर,काठमाडौं – आज साझा र विवेकशील नेपाली दलबीच दोश्रोपटक पार्टि एकता हुन लागेको छ ।
सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधबार) दोस्रो पटक एकीकरण हुन लागेको हो । विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी दुवै पार्टीबाट बराबर सहभागिता रहनेगरी मिलाइएको बताइएको छ ।
आज (बुधवार) साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर भएको समेत बताइएको छ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रका अनुसार अपराह्न साढे ३ बजे भर्चुअल रुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको छ । गत २०७५ साल पुष २७ गते पार्टी एकीकरणको १६ महिनामै विवेकशील र साझा पार्टी फुटेको थियो ।
तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
यस्ता छन् सहमति
एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।
साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।
सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar