२४ मंसिर, धरान – प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ल्याँईदै छ ।
हिजो (मंगलबार) मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले अपहरण गरी घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान पठाईएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
एसपी खड्काका अनुसार शिक्षक श्रेष्ठलाई सुरुमा गोली हानिएको खबर आए पनि प्रहरी अपराधस्थलमा पुगेपछि घाँटी काटिएको देखिएको थियो । यद्यपि, घटनामा प्रयोग भएको हतियार भने भेटिएको छैन । ‘त्यहाँको प्रकृति हेर्दा अपहरण गरेर लैजानेवित्तिकै हत्या गरेर भागेको जस्तो देखिएको छ ।’ एसपी खड्काले भने ।
हिजो (मंगलबार) साँझ नै विप्लव समूहको मेची-कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी भने लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उसको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar