२४ मंसिर,काठमाण्डौं – अमेरिकाले चीन बिरूद्ध नयाँ कदम चालेको छ ।
चिनियाँ कुटनीतिज्ञहरु अमेरिकामा मानवअधिकार उल्लन्धनका घट्नामा संलग्न रहेको पाईएको भन्दै संयुक्त राज्य अमेरिकाले, चिनियाँ कुटनीतिज्ञमाथि निगरानी र प्रतिबन्ध बढाएको हो।
संयुक्त राज्य अमेरिकाले ती चिनियाँ कुटनीतिज्ञहरूलाई भिसा दिन अस्वीकार गरेको छ जो मानवअधिकार उल्लन्धनका घट्नामा संलग्न छ्न । यो चीन बिरूद्ध अमेरिकाको नयाँ कदम समेत हो।
त्यस्तै अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पीओले उक्त प्रतिबन्ध मानवअधिकार उल्लन्धन गर्ने चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरुमाथी समेत लागु हुने बताएका छन् ।
त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बद्ध संयुक्त मोर्चा कार्य विभागमाथि धम्की र शारीरिक हिंसाको समेत आरोप लाग्ने गरेको छ । यस संस्थाले चीन प्रशासित उइगुर क्षेत्र र तिब्बतमा चिनियाँ उत्पीडनको कथाहरूको पर्दाफास गर्ने मानिसहरूलाई शारीरिक हिंसाको सिकार बनाउने गरेको अमेरिकाको आरोप छ ।
त्यस्तै चीनले पनी चीनबाट बाहिर रहेका आफ्ना नागरिकहरू र मानवअधिकारकर्मीहरूलाई बढी निशाना बनाउने गरेको छ। त्यस्ता व्यक्तिहरूलाई चिढाउन चिनियाँ प्रशासनले पनी उनीहरूको निजी जानकारी, परिवारका सदस्यहरूको निजी सूचना सार्वजनिक गर्दछ जसले गर्दा उनीहरूको असुरक्षा बढ्ने गरेको छ ।
उता अमेरिकी परराष्ट्रमन्त्री माइक पोम्पीओले यस्ता काम गरिरहेका र अन्तर्राष्ट्रिय कानूनको अवहेलना गरिरहेका व्यक्तिहरुलाई अमेरिकामा स्वागत नगरिने बताएपछि अव चीन र अमेरिकी नेतृत्वबीच बढ्दो तनावको बीचमा अमेरिकाले यो नयाँ प्रतिबन्धले चीनलाई थप अफ्यारोमा पार्ने देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar