२३ मंसिर,काठमाडौं – आज (मंगलबार) सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले भर्चुअल कार्यक्रम गरी सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको घोषणा गरेको हो । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाकाे उचाई घाेषणा गरेका हुन् ।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको थियो । स्वीकृतिपश्चात चीन र नेपालको सहमतिमा एकसाथ नयाँ उचाई घोषणा गरिएको हो । यो पहिलेको भन्दा बढी उचाई हो । यसअघि सगरमाथाको उचाई ८८४८ मिटर रहेको थियो । नेपालले गत वर्ष पहिलोल पटक आफ्नै स्रोत साधनको उपयोग गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो ।
नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा उचाई मापन गर्न गएकाे टाेली काम पुरा गरेर गत वर्षकाे जेठमा काठमाडाैं फर्किएकाे थियाे । उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए ।
हाल कायम ८८४८ मिटरको सगरमाथाको उँचाइमा विस २०७२ को भूकम्प र समुद्री सतहमा भएको फेरबदलका कारण परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ । अहिलेको सगरमाथाको उचाई यसअघि सन् १९५४ मा सर्वे अफ इण्डियाले गरेको मापनलाई मान्यता दिइँदै आइएको छ । सगरमाथाको उचाई आफैँले मापन गर्न नेपाल सरकारले नै २०७५/७६ देखि शुरुवात गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar