२३ मंसिर,काठमाडौं – सरकारले आज मंगलवार सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएको छ ।
नेपालले पहिलोपटक सगरमाथाको उचाई नापी सार्वजनिक गर्न लागेको हो । आज दिउँसो १ः४५ बजे सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने लागेको भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । मन्त्री अर्यालका अनुसार उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था समेत मिलाईएको छ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने उक्त श्रृव्य दृष्य अवलोकन गरिदिन मन्त्री अर्यालले सर्वसाधारणमा आग्रह गरेकी हुन् । “आज दिउँसो १ः४५ बजे सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्नेकार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाईएको छ । टेलिभिजनबाट प्रशारण हुने श्रब्य दृष्यमा सहभागी भइ अबलोकन गरिदिनु हुन सम्पूर्ण महानुभावमा जानकारीका लागि अनुरोध छ ।” उनले सामाजिक संजाल फेसबुकमा समेत लेखेकी छिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar