२३ मंसिर,विराटनगर – मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ ।
आज मंगलबार बिहान शिक्षक श्रेष्ठको हत्या भएको हो । स्थानीय सरस्वती आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका ५४ वर्षीय श्रेष्ठको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार थप अनुसन्धानका लागि अहिले प्रहरी टोली घटनास्थलतर्फ गैरहेको छ ।
श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए । महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।
बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्याको घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar