२२ मंसिर,काठमाडौं – एटीएम फुटाउँदै गरेको अवस्थामा काठमाडौंबाट एक जना पक्राउ परेका छन्।
गएराती काठमाडौं महानगरपालिका ३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय अनिल तामाङ पक्राउ परेका हुन्।
उनलाई आइतबार राति प्रहरीले एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो।
अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar