स्थायी कमिटीमा ओलीको पत्र -‘प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ’
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २१, आईतबार (३ साल अघि)
५६६ पाठक संख्या
२१ मंसिर,काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिको आजको स्थायी कमिटी बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने हुँदा आफू उपस्थित नभएको उल्लेख गरेको पत्र पठाएका छन् ।
बैठकमा अनुपस्थित रहेका ओलीले, उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् उक्त पत्र पठाएका थिए । त्यस्तै पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने हुँदा आफू उपस्थित नभएको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेलमार्फत् एक पत्र पठाउनुभएको थियो ।
पत्रमा कमरेड प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकोले बैठकमा उपस्थित हुन नसकेको भन्ने थियो ।’बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै आज अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठक आगामी २८ गते पुनः बस्नेगरी सकाएको छ ।