शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २१, आईतबार (३ साल अघि)
७२७ पाठक संख्या
२१ मंसिर,काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि विभाजन हुन खोजेको भन्दै दवाव स्वरुप प्रदेश पार्टि कार्यालयमा एक कार्यकर्ताले अनसन थालेका छन् ।
नेकपा डडेल्धुराका जिल्ला सदस्य समेत रहेका पदम बोहोराले पार्टी विभाजन हुनबाट रोम्नु पर्ने भन्दै बिभिन्न ५ बुँदे माग राख्दै अनसनमा बसेका हुन् । नेतृत्वकै कारण पार्टी विभाजन हुन खोजेको भन्दै अनशन थालेको बोहोराले बताएका छन् । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडा मिल्नुपर्ने भन्दै बोहराले भोकभोकै अनशन बसेका हुन् ।
उनी नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा रिले अनसन बसेका छन् । त्यस्तै बोहराले पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै आज आईतबारदेखि अनशन सुरु गरेका हुन् । ‘पार्टी विभाजन हुनु हुँदैन भन्ने माग राख्दै म अनशन बसेको हुँ,’ उनले भने, ‘नेताहरूले व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्छ ।’ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूबीच देखिएको विवाद समाधान गरेर पार्टी एकता बलियो बनाउनुपर्ने बोहराको माग छ । त्यस्तै सचिवालयबाट स्थायी कमिटीमा लैजाने निर्णय गरिएका दुवै अध्यक्षका प्रतिवेदन फिर्ता लिएर छलफल चलाउनुपर्ने समेत बोहराले बताए ।
‘पार्टी एकताको बाँकी काम अगाडि बढाएर महाधिवेशनसम्म पुर्याउनुपर्छ,’ उनले भने, ‘संघीयता, गणतन्त्र र आन्दोलनको रक्षाको लागि पार्टी एकबद्ध हुनुपर्ने माग राखेको छु ।’ उनी प्रत्येक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अनशन बस्ने छन् ।
अनशनरत् बोहोरा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका सहसचिव तथा प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका सदस्य समेत हुन् भने