शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २१, आईतबार (३ साल अघि)
८४२ पाठक संख्या
२१ मंसिर,चरिकोट – दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज बिहान ६ बजे चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको गाडी लाइसेप भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय गाडी चालक सुविन तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा परी चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो भने बिगु– ५ का २२ वर्षीया कमला तामाङ घाइते भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
घाइते तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट करीब १५० मिटर तल खसेको छ।