रामचन्द्र पौडेलद्धारा बुल्दीखोलाको पुल उद्घाटन : काँग्रेस कार्यकर्ताद्धारा प्रशासन विरुद्ध चर्को नारावाजी
सुजन कडेलप्रकाशित मिति: २०७७ मंसिर १८, बिहिबार (३ साल अघि)
४७० पाठक संख्या
१८ मंसिर, तनहुँ – तनहुँको ब्यास नगरपालिकाको बुल्दीखोलाको पुलको उद्घाटन भएको छ ।
आज बिहीबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै बुल्दीखोलाको पुलको उद्घाटन गरेका हुन् । बुधबार पुलउद्घाटन गर्न गएका कांग्रेसका वरिष्ठ नेता पौडेललाई जिल्ला प्रशासनले रोक लगाँउदै पक्राउ गरेपछि नेता पौडेलले आज बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन।
यद्धपी आजको पुल उद्घाटन कार्यक्रममा भने जिल्ला प्रशासनले कुनै अवरोध गरेको छैन । उनीहरुले हिजो प्रहरी प्रशासनले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका छन्। हिजोको नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। तर पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा पछि मात्रै छाडिएको थियो।