सद्भाव यो राख्नु छ!
१. के हो जीवनमूल्य प्रश्न छ ममा सोच्दै छु रातोदिन
को पो हुन्छ सधैं विवेकपथमा चुक्छेोँ सबै सज्जन!
येोटै भूल भयो भने भुवनमा को हुन्छ आफ्नो कहाँ ?
कल्ले गर्छ क्षमा सहन्छ कसले को हुन्छ आफ्नो यहाँ ??
२. कोही हुन्न विशेष मित्र क्षणमै त्यै शत्रु पो बन्छ कि!
स्वार्थी यो कलिकालको समय हो घाती उही हुन्छ कि!!
कल्ले गर्छ दया छ अन्ध युग यो सेवा दिने को छ र?
कल्ले खोज्छ र मूल्य यो समयमा को सम्झना राख्छ र??
३. कीराझैँ मतिशून्य यो बखतमा मान्छे भई जन्मनु
हिंसाभावप्रधान देख्छु युग यो मान्छे कहाँ भेटिनु?
खै कस्को भर पर्नु खेद छ जहाँ आत्मीयता के हुनु!
एक्लै शान्त समुद्र बन्नु छ यहाँ आफै चनाखो हुनू!!
४. छाती छाम्छु असह्य हुन्छ दिल यो संवेदना जाग्दछ
खस्छन् आँसु तरर्र! चित्त छ ममा!! को भावना बुझ्दछ?
पीडागान छ व्यर्थ यो युगविषे थालूँ स्वयं सङ्लन
मान्छेको दिलभित्र पस्नु छ सदा छन् सत्त्वका गुञ्जन!
५ छन् सङ्केत यतै कतै समझका होलान् कुनै मानिस
श्रद्धासाथ म सत्यमा डटिरहूँ! जुट्ला नि क्यै आशिष ।
रोपूँ वृक्ष जराविषे जल दिऊँ हुर्कन्छ त्यो बढ्दछ
खाऊन् मानिसले मिठा फलहरू सद्भाव यो राख्नु छ!
शार्दूलविक्रीडित छन्दमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar