सत्तारुढ नेकपा (ओली) कर्तालाई बिनम्र अनुरोध
सरकारलाई ज्यादा आलोचना वा विरोध गर्यो भन्नुभन्दा पहिला मेरो एउटा मात्र प्रश्न । मात्र एउटा प्रश्न । महंगी ????
ओली सरकार गठन हुन केहि दिनअघिसम्म मात्र बजारमा जिरा मसिनो मन्सुली चामल ४५, ५५, ६५ कतै कतै ७० रुपँया प्रति केजी पाइन्थ्यो । अहिले, ८०, ९०, १०० र कतै कतै १०५ सम्म विक्री हुने गर्छ । यो चामल आमसर्बसाधारणले खाना खाने चामल हो । अरु बास्मती वा अन्य उच्चस्तरको चामलको कुरै नगरौं ।
अर्को कुरा लकडाउन अघि (२०७६ साल चैत) र अहिले चियापत्तीमा करिब ६५ प्रतिशत मुल्य बढेको छ । यी दुवै सबैका घरमा अनिवार्य प्रयोग हुने खाद्यबस्तु हुन् । अब भन्नुस, प्रत्येक नेपालीको आम्दानी वा तपाईं (ओली कर्ता) कै पनि आम्दानी ओली सरकार गठन भएपछि यहि अनुपातमा बढ्यो त ?
के जागिर खाने नागरिकको यहि अनुपातमा तलब बढ्यो त ? के व्यवसायीको यहि अनुपातमा आम्दानी बढ्यो त ?
हो , यसैको उत्तर सरकारसंग खोज्न दिनरात नागरिकले प्रयास गरिरहेका छन् । यहि प्रयासलाई तपाईं (ओली कर्ता) बिरोध वा आलोचना गरेको भन्नुहुन्छ । जनताले खोजेको यो उत्तर पाउन अझै घनघोर आवाज उठोस भन्छु म त ।
यी कुरामा विश्वास लाग्दैन भने नेपाल राष्ट्र बैंकको वेभसाइट २०७५, २०७६ र २०७७ को अहिलेसम्मको रेकर्ड हेर्नुहोला । यो पनि सुबिधा छैन भने घर नजिकैको गतिलो पसलमा यो मुल्यको बिषयमा बुझ्नुहोला । चामल र चियापत्ती त उदाहरण मात्र हुन् । अन्य सयौं सामग्रीको मुल्य अनुपात पनि बुझ्न सक्नुहुन्छ । जुन अनुपातमा मुल्य बढेको सुन्दा जोकोहि विवेकी मनहरुको आँसु खस्छ ।
तपाईंलाई हेक्काहोस, भारत सर्बाधिक असरल्ल देश हो । तर त्यहाँ सर्बसाधारण भोकै नबसुन भनेर सरकारले खाद्यान्न निकै सस्तोमा विक्री गर्छ । विकसित मुलुकको त झन कुरै नगरौं । त्यहाँ त झन नागरिकलाई खाद्यान्न निशुल्कदेखि स्वस्थ खाना कसरी दिन सकिन्छ भनेर राज्यले अनेक सुबिधा प्रदान गरेको छ ।
त्यसैले, जनताको रोजीरोटी खोसेर ओली सरकारले के गर्न खोजेको होला ? हाम्रो प्रश्न यहि थियो र छ । यहि प्रश्नसंग जोडिएर अनेक सवालहरु त आइहाल्छ नि होइन र ? त्यसैले, महंगी बढाएर सरकार टिकेको संसारमा कहिं उदाहरण छैन ।
त्यस्तो उदाहरण छ भने, जानकारी पाउँ हजुर ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar