नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
८६७ पाठक संख्या
१७ मंसिर,तनहुँ – प्रहरीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ ।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा गृह जिल्ला तनहुँ पुगेका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वरिष्ठ नेता पौडेलले सामाजिक संजाल मार्फत् आफुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस ’, पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन कार्यक्रममा विवाद हुँदा कांग्रेस र नेकपा कार्यकर्ताबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी राखेको छ ।
त्यस्तै स्थानिय प्रशासनले आज बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो।