नेकपा सचिवालय बैठक आज २ बजे बस्ने : प्रधानमन्त्री ओलीपनि सहभागि हुँदै
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
५२० पाठक संख्या
१७ मंसिर,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पर सरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक आज (बुधबार) दिउँसो २ बजे सम्मलाई सारिएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै आफु सहभागी नै नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा परेका हुन् ।