१७ मंसिर,काठमाडौं – प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले उनिहरु द्धय प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको अनुसार आज बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको हो ।
उनिहरुले जिम्मेवारीमा रहँदा गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानविन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।
त्यस्तै एसपीद्वयमाथि छानविनका लागि प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar