ओली अनुपस्थित भएपनि सचिवालय बैठक सञ्चालन गर्ने प्रचण्ड-नेपालको तयारी
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (३ साल अघि)
२०० पाठक संख्या
१७ मंसिर,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालय बैठक आज पनि बस्दैछ।
हिजो मंगलबारको सचिवालय बैठकमा अध्यक्ष द्धयवीच भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने हल्ला चलेसंगै पार्टीका नेता कार्यकर्तामा आजको बैठकको चासो बढेको छ । श्रोतका अनुसार आजको बैठकमा ओली अनुपस्थित् हुनेछन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले केही समय बैठक नराख्न गरेको आग्रहका बाबजुद प्रचण्ड माधव नेपाल समुहले भने ओलीको अनुपस्थित् बिनै सचिवालय बैठक बस्ने अडान लिएका छन् ।
श्रोतका अनुसार आज पनी बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
हिजोको बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि प्रधानमन्त्री ओलीलाई ‘धक्का’ लागेको थियो । त्यस्तै ओलीले भने केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टी कमिटिहरुको बैठक बस्नु पर्ने बताएका थिए । तर प्रचण्डसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
ओलीले आफू आजको बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए । सोही कारण आजको बैठकमा ओली उपस्थित नहुने सम्भावना छ ।
यद्धपी आजको बैठकमा अनुपस्थित् हुनाका कारण भने प्रधानमन्त्री ओलीले खुलाएका छैनन् ।