२०७७ माघ १४, बुधबार

१६ मंसिर,काठमाडौं – प्रहरीले बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हिजो सोमबार पोखरा महानगरपालिका १७, फुर्केखोलाबाट बाल यौन दुराचारमा संलग्न रहेका एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्यटन भिसामा नेपाल आई बसोवास गरिरहेका ६० वर्षीय फ्रान्सका नागरिक क्रिस्टियन सर्ज हेनरी नाउगरेत (पासपोर्ट नम्बर १२ एएक्स २६६७९) रहेका छन्।
उनलाई १२, ८ र ७ वर्षका तीन नाबालकमाथि बालयौन दुराचार गरिरहेको अवस्थामा कास्की प्रहरीको सहयोगमा पक्राउ गरीएको सीआईबीले जनाएको छ। त्यस्तै प्रहरीले तीन बालकको उद्धारसमेत गरेको छ।
बाल यौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडिका लागि मंगलबार उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको सीआईबीले जनाएको छ।
प्रहरीले उद्धार गरेका नाबालकलाई समेत अभिभावकको जिम्मा लगाएको बताएको छ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com