नेकपा सचिवालय बैठक : अर्थमन्त्री पौडेलको जन्मदिनको अवसरमा केक काटियो
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
८०१ पाठक संख्या
१६ मंसिर,काठमाडौं – प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकमा अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन मनाईएको छ ।
सचिवालय बैठक बस्नुअघी पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको बालुवाटार श्रोतले बताएको छ ।
पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको आज ६२ औं जन्मदिनको अवसरमा बालुवाटारमा केक काटिएको हो । सो अवसरमा नेता पौडेललाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले केक खुवाएका थिए ।
पौडेलको जन्मदिन मनाईसकिए पस्चात् अहिले बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।