नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
८०८ पाठक संख्या
१६ मंसिर,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
असुरक्षा महसुु गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली धुम्बाराही स्थित् पार्टी कार्यालयमा बस्ने भनिएको बैठकमा जान नमानेपछि प्रधानमन्त्री निवास बालुवाटारमै सुरु भ्एको हो ।
बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित सचिवालयका ९ सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ ।
गत कार्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए ।
यद्धपी दुवै प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि नेकपाभित्रको विवाद कसरी अघि बढ्छ भन्ने दिशा तय हुने नेताहरुको ठम्याई छ ।