शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
६५४ पाठक संख्या
१६ मंसिर,धरान – कोरोना संक्रमणवाट सुनसरीको धरानमा एक बृद्धाको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएकी झापा दमककी ८२ वर्षिय बृद्धाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार मृगौला रोगबाट पिडित मृतक बृद्धा गत मंसिर ७ गते उपचारका लागी प्रतिष्ठान आएकी थिइन् । उनको सोहि दिन पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको आज विहान ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
अहिले कोभिड नियमानुसार शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।