१२ मंसिर,तनहुं – तनहुँको भानु नगरपालिका -२ फुस्रेटारस्थित मजुवा ओखले सामुदायिक वनमा थापिएको पासोमा चितुवा परेको छ ।
ओखलेका ७८ वर्षका हरिभक्त ढकालले बनाएको बाख्रासहित थापिएको काठले बनाइएको परम्परागत खोरमा हिजो बिहीबार बिहान बाख्रा लिन जाँदा चितुवा फेला परेको भानु नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन केसीले जानकारी दिए ।
नरभक्षी चितुवाको आक्रमणले साढे दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाको मृत्यु र ६ जना बालबालिका घाइते भइसकेका थिए ।
जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिका प्रभावित भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
भानु नगरपालिकामा मात्रै ६ जना बालबालिकाको नरभक्षी चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
चितुवा पासोमा परेपछि स्थानीय खुसी भएका छन् ।
ढकालले बनाएको पासोमा ४ वटा चितुवा परी सकेको र प्रोत्साहन गर्नको गत वर्ष १० हजार नगदसहित सम्मान गरिएको भानु नगरपालिका प्रमुख उदयराज गौलीले बताए ।
सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १८ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
पासोमा १० चितुवा परिसकेका छन् । पासोबाट नियन्त्रणमा लिइएका चितुवालाई राष्ट्रिय निकुञ्जमा लगेर बुझाईएको छ ।
नरभक्षी चितुवाको विगीविगी रोक्न मद्दत पु¥याउन भानु नगरपालिका क्षेत्रमा एक साताअघि ट्रापिङ क्यामरा जडान गरिएको थियो ।
प्रभावित वडाका २२ सामुदायिक वनमा ७६ वटा ट्रयापिङ क्यामेरा जडान गरिएको जिल्ला वन कार्यालय तनहुँका सहायक वन अधिकृत मनोज रानाभाटले जानकारी दिए ।
डिभिजन वन कार्यालय तनहुँ र कास्कीको पहलमा उक्त वन क्षेत्रमा क्यामेरा राखिएको हो ।
१र१ किलोमिटरको फरकमा क्यामेरा फिट गरिएको फिट गरिएकोे र क्यामेराले र त्यसले जङ्गलमा हिड्ने वन्यजन्तुहरुको दृश्य कैद गर्नेछ ।
आक्रमणले मान्छेहरु घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था आएपछि चितुवा र चितुवाको आहारा हुने प्रजातिको अनुसन्धान गर्न त्यस्तो ट्रयापिङ क्यामेरा राखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar