८ मंसिर,कालिकोट – कालिकोटको खाँडाचक्र नगरपालिका-४ स्थित् नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको पाईएको छ ।
विद्यालयका कर्मचारीहरुको तलब आफैंले दिने भन्दै नक्कली भरपाई मिलाएर तलब समेत नदिई प्रधानाध्यापक रामबहादुर बोगटीले नै एकलौटि रुपमा प्रयोग गरी आर्थिक हिनामिना गरेको खुलाशा भएको छ ।
प्रधानाध्यापक बोगटीले वि.सं.२०६९ सालदेखी हालसम्म सार्वजनिक सुनुवाई समेत नगरी बिद्यालयका लागी आउने खाजा भत्ता र शिक्षक कर्मचारीको तलवको समेत हिनामिना गरेको शिक्षक र अविभावकले आरोप लगाएका छन् ।
उता स्थानिय अविभावक र विद्यार्थीहरुबाट समेत प्रधानाध्यापक बोगटीको कर्तुतको बिरोध गर्दै चर्कोे आलोचना भएपछि आज सोमवार स्थानियको मन शान्त पार्न सार्वजनिक सुनुवाई गरिएको छ ।
आज बिद्यालयमा औपचारीक रुपमा एक कार्यक्रम गरी बि.सं.२०६९ सालदेखी हालसम्मको विद्यालयका गतिविधी र कार्यहरुको कार्य विवरण प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा विद्यालयमा आउने खाजा भत्ता र अन्य तलवी रकममा प्रधानाध्यापक बोगटिले आर्थिक अनियमितता गरेको पुष्टि भएको छ ।
उक्त कार्यक्रममा बिद्यालयको अधिकांश गतिबिधीको हिसाव गर्दा प्रधानाध्यापक रामबहादुर बोगटीको नाममा मात्र हालसम्म ८ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको देखिएको छ ।
उता प्रधानाध्यापक बोगटीले बिगतदेखीनै आर्थिक अनियमितता गरेको पाईएपछि तुरुन्त बेरुजु रकमको हिसाव किताव देखाउन निर्देशन दिईएको छ ।
अभिभावकहरुले अबको १५ दिनमा सम्पूर्ण प्रमाणित् विल भरपाई खोजी गरी स्पष्ट हिसाव देखाउन निर्देशन दिएका छन् ।
यद्यपी आगामी १५ दिनभित्र हिसाव किताव नदेखाए प्रधानाधयापक बोगटि स्वयंले आफ्नो व्यक्तिगत रकम भएपनि विद्यालयमा जम्मा गर्नुपर्ने बताएका छन् ।
आक्रोसित् अभिभावकको अल्टिमेटमपछि प्रधानाध्यापक बोगटिले पनी आफ्नो व्यक्तिगत रकम भएपनि विद्यालयमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar