हिजो (आइतबार) आयोजित कार्यक्रममा उनले एल्बममा समावेश ५ गीत सार्वजनिक गरेकी हुन् ।
उक्त एल्बममा ‘आयो है आयो (मेहेन्दी), धुतुरी धुतुरी बाजा बजाई (जन्ती), दौरा सुरुवाल चिटिक्कै (रत्यौली), विदाइ गर्न छोरी तिमिलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) समावेश छ ।
उक्त कार्यक्रमका बिच एल्बममा समावेश पाँचै गीतहरुको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।
उक्त गीतहरुमध्ये ‘मेहेन्दी’ यु टुबमा समेत सार्वजनिक गरिएको एल्बममा किरण कँडेलको संगीत छ ।
‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा सुरुवाल चिटिक्कैमा मिना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान र छमछम पाउजुमा निकिता थापा र प्रताप दासको स्वर रहेको छ ।
पाँचवटै विवाहका गीतमा विजु पार्की र रेश्मा घिमिरे दुलहा र दुलहीको भूमिकामा देख्न सकिन्छ ।
भिडियोमा अभिषेक श्रेष्ठ, शर्मिला मल्ल, शिशिर राणा लगायतको अभिनय पनि हेर्न सकिन्छ ।
सो एल्वमको पाँचै वटा भिडियोमा सुव्रतराज आचार्यले निर्देशन उत्सव दाहाल र उत्तम हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन रहेको छ ।