७ मंसिर,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद चुलिदै गर्दा पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षसँगको गोप्य भेटवार्ता लाई अघि बढाएका छन् ।
हिजो शनिबार मात्रै बालुवाटारमा ओली र प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाबीच करिब तीन घण्टा गोप्य भेटवार्ता भएको थियो ।
त्यस्तै गत शुक्रबार मात्र देउवासँग भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेट गरेका थिए ।
त्यसको भोलिपल्ट नै उनीहरुबीच गोप्य भेटवार्ता भएको हो ।
उनीहरु सो भेटमा दलबलका साथ लागिरहेको बताइएको छ ।
यद्धपी खास के विषयमा छलफल भयो भन्नेवारे भने खुलाईएको छैैन ।
भेटवार्तामा दुवै पक्षको तर्फबाट आफूनिकटका नेताहरु उपस्थित गराइएको थियो ।
भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।
नेकपाभित्र विग्रहको ढोका खुल्न थालेपछि सत्ता सहयात्राका लागि ओलीले देउवासँग सो भेट गरेको हुनसक्ने बुझिएको छ ।
नेकपाभित्र चुलिएको विवादलाई हेर्दा उनीहरुबीचको गोप्य भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यद्यपि, ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएको भनिएको छ ।
तर उक्त बिषयमा भने उनीहरुबीच पहिले नै छलफल भैसकेको छ ।
तर भागबण्डा नमिलेपछि सो विषयले प्राथमिकता पाउन सकेको छैन ।
उता देउवासंगको भेटमा सोहि विषयमा छलफल गरेको भन्ने खुलाईएपनी अनौपचारीक रुपमा भने पछिल्लो समय नेकपा विवाद र प्रचण्ड, माधव नेपालले ओलीमाथीको घेराबन्धीलाई तोड्नका लागी कांग्रेससंगको छलफलका लागी देउवासंग भेटवार्ता गरेको नेकपा निकट स्रोतले बतायो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar