७ मंसिर, काठमाडौं – बालुवाटार, ललिता निवासको सरकारी जग्गाको विषयमा पूर्व-प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधव नेपालविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै दायर रिटमाथि आज सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।
उक्त प्रकरणमा नेता नेपालले व्यक्तिको नाममा प्रमुख भूमिका खेलेको भन्दै उनीविरुद्ध रिट परेको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गत २०७६ माघ २२ गते नेता नेपालले व्यक्तिको नाममा प्रमुख भूमिका खेलेको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
उता उक्त मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी भने नबनाएको उल्लेख गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र डाक्टर मनोज कुमार शर्माको संयुक्त इजलासमा रहनेगरी पेसी तोकिएको छ ।
सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।