५ मंसिर,काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपाको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री आगामी साता नेपाल आउन लागेका हुन् ।
उनी आगामी नोभेम्बरको अन्त्य तिर नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यद्धपी चिनियाँ विदेशमन्त्री कति गते र कति दिनका लागि आउने भन्ने विषयमा भने एकिन हुन बाँकी रहेको तर नेपाल आउने भने निश्चित भएको परराष्ट्र स्रोतले जनाएको छ ।
त्यस्तै स्रोतका अनुसार मिति र कार्यतालिका तयार गर्न चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले अहिले काम गरिराखेका छन् ।
आजभोलिमै यससम्बन्धी अन्तिम सूचना सार्वजनिक गर्ने तयारी समेत भएको परराष्ट्र स्रोतले जनाएको छ ।
उता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ विदेशमन्त्री नेपाल आउन लाग्नाले बिस्लेषकहरुले भने नेपाली राजनितीमा नयाँ तरगं आउन सक्ने अनुमान लगाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar