३ मंसिर,काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ – १३ गते काठमाडौंमा हुँदैछ ।
महासंघको निर्वाचनका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले आ-आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै महासंघको निर्वाचनमा एशोसियट कार्यसमिती सदस्य पदमा धादिङका रामशरण थपलियाले पनी उमेदवारी दिएका छन् । थपलियाले महासंघको निर्वाचनका लागि चन्द्रप्रसाद ढकाल प्यानलवाट महासंघको निर्वाचनमा एशोसियट कार्यसमिती सदस्य पदमा उमेदवारी दिएका हुन् ।
धादिङ सिद्धलेक गाँउपालिका घर भएका थपलिया काठमाडौंमा रहि लामो समयदेखी पर्यटन व्यवसायमा सक्रिय छन् ।
नेपाली काँग्रेस निकट केन्द्रीय पर्यटन विभागको अध्यक्ष, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको अध्यक्षका साथै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेतको अनुभव बटुलेका थपलिया यसपटकको महासंघको निर्वाचनमा एशोसियट कार्यसमिती सदस्य पदमा उमेदवारी दिएका हुन् ।
महासंघलाई सवल र बलियो बनाउन सक्षम, ईमान्दार र सवैको समस्यालाई बुझ्ने नेतृत्वलाई साथ दिनका लागी आफुलाई भोट दिन समेत थपलियाले आग्रह गरेका छन् ।
महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन गत चैत्रमा हुनुपर्ने भएपनी कोभिड-१९ का कारण स्थगित भएको थियो । पटक-पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९, लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar