प्रतिपक्षी र जनताले उठाउनैपर्ने मुद्दा बाबुराम भट्टराईले उठाए
३ मंसिर,काठमाडौं – जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सामाजिक संजाल मार्फत् प्रधानमन्त्री केपी ओलीलाई हटाउनैपर्ने बताएका छन् ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टिमा विवाद चर्किएका बेला आज (बुधवार) सामाजिक सञ्जाल ट्वीटर मार्फत् नेता डा.भट्टराईले आफ्नै पार्टीले भ्रष्टाचार लगायतको विषयमा लिखित रुपमै आरोप लगाइसकेपछि प्रधानमन्त्री केपी ओलीलाई हटाउनै पर्ने बताएका हुन् ।
अन्य विवाद नेकपाको आन्तरिक कुरा भएको भए पनि राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने बताउंदै नेता भट्टराईले ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने उल्लेख गरेका हुन् ।
त्यस्तै नेता भट्टराईले लेखेका छन् – ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला । तर, यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है । १.राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २.ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar