३ मंसिर,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन)अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयले आज (बुधबार) एक बिज्ञप्ती प्रकाशित् गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपती बिद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) २०७७अध्यादेश जारी गरेको जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको समेत उल्लेख छ ।