२ मंसिर,काठमाडौं – नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् ।
यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । केही नेवार समुदायले भने हिजो टिका लगाएका थिए । आज टिका लगाउने नेवार समुदायले हिजो महः पुजा गरेका थिए ।
नेवार समुदायको भाइटीका किजापूजा का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।
दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar